काठमाडौँ, । नेपाली सुन बजारले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढ्दै १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। यसअघि, गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार…