काठमाडौँ, । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेका आज सय दिन पुगेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने भए पनि जनअपेक्षाअनुसारका काममा प्रगति भएको सरकारले जनाएको छ । मन्त्री चौलागाईंले यस अवधिमा ५८ महत्वपूर्ण नीतिगत, कानुनी, संस्थागत…