जलेश्वर (महोत्तरी), । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो । स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल…