ललितपुर, – ललितपुरको महालक्ष्मी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलले बुधबार नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका घोषणाको प्रमाण हस्तान्तरण गर्दै पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ । यस वर्ष महालक्ष्मीका दशवटै वडाका १६…