काठमाडौँ,। दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सिओलस्थित दूतावासका अनुसार उहाँले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच…