काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। मङ्गलवार मुटुको शल्यक्रिया गरिएको उनको स्वास्थ्य क्रमिक रुपमा सामान्य बन्दै गएको हो । मुटुमा समस्या देखिए पछि गृहमन्त्री श्रेष्ठलाई शहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको र हाल उनी सीसीयूमा रहेका छन् ।…