काठमाडौं, – सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको समितिको पहिलो बैठकले दुई दिनभित्र समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो । कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । आजको बैठकमा सभामुख…