काठमाडौं,– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ । बैठकमा राष्ट्रिय सहमतिका नाममा एमालेले ६ सीट मागेको ब्रिफिङ गरेपछि कुनै पनि निर्णय नगरी टुङ्गिएको हो । बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट सहयोग अपेक्षा गर्न नहुने विगतमा पनि सहयोग गर्ने नाममा समितिका सभापति…