काठमाडौँ, । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । उनले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा…