काठमाडौं, – संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग ओपीडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्तता, अस्पालको भिड व्यवस्थापनलगायत ९ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि परिपत्र गरेको थियो ।…