काठमाडौं- क्षयरोग (टीबी) तथा कोभिड–१९ रोगको शीघ्र, प्रभावकारी र गुणस्तरीय परीक्षण तथा निदान सेवा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र महालक्ष्मी नगरपालिकास्थित किष्ट मेडिकल कलेज ललितपुरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सार्वजनिक–निजी साझेदारी मोडालिटीअनुसार ट्रुनाट प्रविधि प्रयोग गरी क्षयरोग तथा औषधि प्रतिरोधी क्षयरोगको समयमै पहिचान र व्यवस्थापनलाई…