काठमाडौं- नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक ‘सुप्रभात काव्यगोष्ठी’ को साउन महिनाको शृङ्खलामा आज कविहरुले समसामयिक चेतनाका कविता र रचना प्रस्तुत गरेका छन् । कविहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रमा देखिएका खराबीपनप्रति प्रहार गर्दै जनजीवनका आवाजलाई बुलन्द गरेका थिए । विसं २०६२/०६३ को जनआन्दोलनमा सडकमा ‘सुप्रभात काव्यगोष्ठी’ गरेर साहित्यिक क्षेत्रबाट सघाएको सो संस्थाले बागबजारस्थित प्रतिष्ठानको सभाहलमा नयाँ स्वरुपमा…