स्याङ्जा, – चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर म¬ङ्गलबार हस्तान्तरण गरिएको हो । चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको…