काठमाडौँ – हिमालको फेदमा अवस्थित सोलुखुम्बुबाट अमेरिकी भूमि सम्मको यात्रा सजिलो छैन। जहाँ हिउँसँग संघर्ष गर्दै जीवन बाँचिन्छ, त्यहीँबाट पत्रकारिता सुरु गरेका सुवास दर्नाल अहिले विश्व पत्रकारिताको साझा मञ्चमा नेपालको मात्र नभई सिंगो हिमाली आवाजको प्रतिनिधित्व गर्दै उभिएका छन्। नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का अनुभवी पत्रकार सुवास दर्नालले अमेरिकाको…