काठमाडौँ, – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तनजस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको…