गण्डकी, – अहिलेसम्म ६४ स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका सहभागी रहेको भ्रमण टोलीले हेमजा स्वास्थ्यचौकीको भ्रमण गरिसकेका छन् । पोखरा महानगरपालिका–२५ हेमजास्थित स्वास्थ्यचौकीको स्थलगत अवलोकन गर्न बिहीबार यहाँ पुग्दा रमणीय र शान्त वातावरणमा कार्यसम्पादन भएको पाइयो । बिहान ९ः०० बजेतिर यहाँ पुग्दा स्वास्थ्यचौकीको मूल प्रवेशद्वार खुलिसकेको थियो । चिटिक्क सिँगारिएको स्वास्थ्यचौकी…