काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको…