काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन् । उनले बुधवार मात्र महोत्तरीको जलेश्वरमा सकिएको केन्द्रीय र संसदीय दलको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेका छन्। ‘वास्तवमा सङ्कटमा व्यवस्था होइन, सङ्कटमा उनीहरू छन्, उनीहरूको राजनीति छ। व्यवस्था सङ्कटमा परे जोगाउने जनता…