राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । तीन सातादेखि संसद अवरोध भइरहेकाबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएका हुन् ।

Logo