काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। उनले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री दाहाल नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीवार युगान्डा तर्फ गएका हुन्।…