गण्डकी, – गणतन्त्रको विकल्प अर्को कुनै पनि व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । १७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको ‘गणतन्त्रको डेढ दशक–उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा उहाँहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेश सरकारका…