काठमाडौँ, – वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतालाई कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयले सर्कुलर जारी गरेको छ । मन्त्रालय र मातहतका निकायलाई उक्त प्रतिबद्धता वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न निर्देशन दिइएको हो । यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले उक्त साझा सङ्कल्प पारित गरी कार्यान्वनय गर्न नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम निर्देशन दिएको…