काठमाडौँ, – जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्षको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताए । पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अध्यक्ष यादवबाट हुँदैआएको अपारदर्शी निर्णय र कार्यकर्ताबीच गर्ने विभेद्कारी शैलीले पार्टी विभाजनका लागि मलजल…