काठमाडौं- टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् ।
बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको मन्त्रालयका सहसचिव देवेन्द्र कार्कीले जानकारी दिए । कानुन नबन्ने सम्म कुनैपनि पक्रिया नरोक्ने मन्त्रालयका सहसचिवले बताए ।