मध्यपश्चिम विश्वविद्यालयमा युवा वैज्ञानिक सम्मेलन हुँदै

मध्यपश्चिम विश्वविद्यालयमा युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौं एक्सप्रेस

मध्य पश्चिम विश्वविद्यालयको भवन

मध्यपश्चिम विश्वविद्यालमा यही वैशाख २७ र २८ गते युवा वैज्ञानिक सम्मेलन हुने भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको ग्य्राजुयट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रूपमा सम्मेलनको आयोजना गर्न लागेका हुन् । राष्ट्रिय युवा परिषद् नेपालले सम्मेलन आयोजनाका लागि प्राविधिक सहयोग गर्दैछ ।

१६ देखि ४० वर्ष उमेर समूहका युवा वैज्ञानिकहरूले गरेका वैज्ञानिक खोज, सर्वेक्षण, अनुसन्धानको विवरण सम्मेलनमा प्रस्तुत गर्ने एमयूका विज्ञान तथा इन्जिनियरिङ संकायका डिन डा. सुदीप ठकुरीले जानकारी दिए ।

सम्मेलनमा विज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानहरू युवा वैज्ञानिकहरूले प्रस्तुत गर्न सक्नेछन् । ‘विज्ञानसँग सम्बन्धित सम्पूर्ण खोज तथा अनुसन्धानहरू युवा वैज्ञानिकहरूले प्रस्तुत गर्नेछन्,’ डिन ठकुरीले भने ।

यस किसिमको सम्मेलन कर्णाली प्रदेशमा विश्वविद्यालय र सामाजिक विकास मन्त्रालय मिलेर आयोजना गर्न लागेको यो पहिलो पटक हो ।

Logo