कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता, के भएको थियो ?

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता, के भएको थियो ?

काठमाडौं एक्सप्रेस

प्रतिनिधिसभाकाे मङ्गलबारकाे बैठकमा विनियाेजन विधेयक २०८० सम्बन्धी सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ। तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ ।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी केहीबेर अघि मन्त्री क्वार्टर पुल्चोक फर्कनुभएको उहाँका स्वकीय सचिव प्रेमप्रकाश केसीले राससलाई जानकारी दिनुभयो । अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।

Logo