विष्णुपुरकट्टीमा एमाले सचिवालय

विष्णुपुरकट्टीमा एमाले सचिवालय

काठमाडौं एक्सप्रेस

फाइल तस्बिर

सिरहा- नेकपा एमालेको सचिवालय बैठक पार्टीको ऐतिहासिक चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा हुने भएको छ । यस ठाउँमा भएको महाधिवेशनले २०४६ सालमा मदन भण्डारीलाई पहिलो पटक तत्कालिन नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।

एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामवतार यादवका अनुसार विष्णुपुरकट्टीमा रहेको मदन भण्डारी स्मृतिपार्कलाई बैठक स्थल बनाइएको छ । उक्त स्थनमा चौथो महाधिवेशन भएको घरलाई पनि संरक्षण गरेर राखिएको छ । उहाँका अनुसार विष्णुपुरकट्टी पुग्न लहानबाट २० किलोमिटर र पूर्वपश्चिम राजमार्गको जीरो माइलबाट १० किलो मिटर दक्षिण जानु पर्दछ ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म भएको चौथो महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेका शीर्ष नेताहरु सिराहाको विष्णुपुरकट्टीको सरेअम्बास पुग्न लागेका हुन् । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली ८ गते नै विराटनगर जाने कार्यक्रम रहेको एमाले स्रोतले जानकारी दिएको छ ।

Logo