सुन काण्ड छानबिन समिति बनाउन सत्तापक्ष तयार

सुन काण्ड छानबिन समिति बनाउन सत्तापक्ष तयार

काठमाडौं एक्सप्रेस

काठमाडौं- सुन तस्करीका समग्र घटनामाथि उच्चस्तरको छानबिनका लागि जाँचबुझ आयोग गठन गर्न सत्तापक्ष तयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार राखेको सर्वदलीय बैठकमा आयोग गठन गर्ने विषयमा दलबीच सैद्धान्तिक सहमति जुटेको हो ।

सहमतिका लागि आवश्यक मस्यौदा तयार पार्न तीन सदस्यीय समितिसमेत गठन भएको छ ।

प्रधानमन्त्रीमातहत रहेको विभागले बरामद गरेपछि गृह मन्त्रालय र अर्थ मन्त्रालयको भूमिकालाई लिएर प्रश्न उठाउँदै एमालेले उच्चस्तरीय छानबिन माग गर्दै संसद् अवरोध गरिरहेको थियो ।

Logo