काठमाडौं- विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।
विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए । ओल्गा कार्मोनाले २९ औं मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो ।
मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो । उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको मृत्यको खबर दिइएको थियो । उनको बुबाको मृत्यु विश्वकपको दिन आईतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।
प्रतिक्रिया