अनधिकृत आईडी बन्द गराउँदै एमाले

अनधिकृत आईडी बन्द गराउँदै एमाले

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा (एमाले) र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तिभित्र अफवाह फैलाइएको भन्दै कानूनी कारबाहीको चेतावनी दिएको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन निर्देशन दिएका छन् । ‘अन्यथा, यस्ता फेक एकाउन्ट सञ्चालकहरूका बारेमा आवश्यक कानूनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ,’ सूचना जारी गर्दै गौतमले भनेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको गौतमलेजानकारी दिए । ‘यसले पार्टीपङ्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ,’ सूचनामा भनिएको छ, ‘तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ ।’

Logo