केपी ओलीले सम्झिएको ‘असोज ६’

केपी ओलीले सम्झिएको ‘असोज ६’

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दी स्मरण गरेका छन् । उनले नेपालमा २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान पारित भएको तेस्रो दिनपछि लगाएको नाकाबन्दीको स्मरण गरेका छन् ।

ओलीको नेतृत्वमा बनेको तत्कालिन सरकारले नाकाबन्दी सामना गर्दै भारतलाई निःशर्त नाकाबन्दी खुलाउन बाध्य बनाएको थियो ।

ओलीको शब्द जस्ताका तस्तै-

इतिहासमा आज !
आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् – तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।

कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?

Logo