पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

काठमाडौं एक्सप्रेस

काठमाडौं- वि.सं. २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिने भएको छ । उनको उपन्यास मनु लाई अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

प्राप्त १८० पुस्तकमध्येबाट मनुलाई घोषणा गरिएको हो ।

यसैगरी पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुहुने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी तीन लाख रुपैयाँ रहेको छ ।

तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने लामिछानेले बताए ।

वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्येबाट उत्कृष्टलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

Logo