हर्कपछि बालेन पनि ‘अभद्र’, सिंहदरवारमा आगो लगाइदिने चेतावनी

हर्कपछि बालेन पनि ‘अभद्र’, सिंहदरवारमा आगो लगाइदिने चेतावनी

काठमाडौं एक्सप्रेस

काठमाडौं– सोसल मिडियामा आइकन बनिरहेका धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को अराजक अभिव्यक्तिले सिमा नाघेको छ ।

गोरुको मासु खाएको विषयमा धरानका मेयर साम्पाङले मर्यादा भुलेको भन्दै आलोचना भइरहेका बेला काठमाडौंका मेयर शाहले पनि अभद्र अभिव्यक्ति दिएका छन् ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु,’ उनले राति साढे ९ बजे फेसबुकमा चेतावनीयुक्त अभिव्यक्ति दिँदै भनेका छन्, ‘याद राख चोर सरकार !’

प्रायः बिदाका दिन बालेनका यस्तै अमर्यादित अभिव्यक्ति र चेतावनी आउने गरेका छन् ।

Logo