अराजकता ढाक्न बालेनले प्रयोग गरे ‘रुटिन अफ नेपाल बन्द’

अराजकता ढाक्न बालेनले प्रयोग गरे ‘रुटिन अफ नेपाल बन्द’

काठमाडौं एक्सप्रेस

काठमाडौं- सिंहदरबारमा आगो लगाइदिने धम्कीपछि आलोचना हुन थालेपछि काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो गल्ती ढाकछोप गर्न रुटिन अफ नेपाल बन्दलाई प्रयोग गरेका छन् ।

९ दिन अघि जन्मिएकी छोरीलाई भर्खरै जन्मिएको जसरी नै गरी आइतबार बिहानै बालेन निकट समाजिक सञ्जाल रुटिन अफ नेपाल बन्द मा छोरी जन्मिएको सूचना सार्वजनिक गरे । सो पेजले बालेन्द्रलाई पुत्री लाभ भएको मात्रै लेख्यो । कहिले, कहाँ र कुन अस्पतालमा बच्चा जन्मिएकोलगायतका विषयमा केही लेखेन । त्यसपछि समाजिक सञ्जालमा बालेन्द्रलाई सान्तवाना आउन थाल्यो । केहीले गर्भवति पत्नी चढेको गाडी रोकेपछि आक्रोश हुन्छ भन्दै सान्तवाना दिए ।

शनिबार राति अस्पतालबाट तीनकुनेस्थित घर फर्कने क्रममा कोटेश्वर चोकमा बालेन्द्र शाहकी पत्‍नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले रोकेको थियो । आक्रोशित हुँदै उनले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।

जबकी गत भदौ ६ गते बालेन्द्र पत्नी सविनाले मेडिसिटी अस्पतालको तेस्रो तलामा सिजिरियन मार्फत जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन् । IVF (आईभीएफ) मार्फत जन्मिएकामध्ये एकको निधन र अर्को शिशुलाई NICU मा राखेर उपचार भइरहेको छ ।

बालेन आफ्नो गल्ती र अराजकता ढाक्न ९ दिनअघि जन्मिएको छोरी भर्खरै जन्मिएको जसरी नै प्रचार गरेर रुटिन अफ नेपाल बन्दको प्रयोग

बालेन्द्र पत्नी सविनालाई अस्पतालले केही दिन अघि नै डिस्चार्ज दिएको थियो । आईसीयूमा राखिएकी शिशु छोरीको रेखदेखका लागि सविना अस्पताल आवातजावत गरिरहन्थिन् । आवतजावत गर्न उनले सरकारी गाडी प्रयोग गरेकी थिइन् ।

आवातजावत गर्ने सिलसिलामा बिदाको दिन राति सरकारी गाडी कुदेपछि ट्रफिक प्रहरीले सोधपुछ गर्दा बालेन्द्र पत्नी रहेको खुलेको थियो । गाडी रोकेको आक्रोशमा बालेन्द्रले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धम्की दिएका हुन् ।

जबकी बिदाको दिन रातको समयमा सरकारी गाडी अनुमति नलिईकन प्रयोग गर्नै पाइदैन । कानुनी रुपमा आफ्नो गल्ती हुने थाहा भएपछि उनले सेन्टिमेन्ट क्यास गर्न रुटिन अफ नेपाल बन्द गरेर गर्भवति पत्नीलाई रोक्न खोजेको जसरी नै भाष्य स्थापित गर्न खोजे । अहिले सामाजिक सञ्जालमा मिडियलाई उल्टी गाली आइरहेको छ । बालेन्द्रको सचिवालयले पनि बच्चा जन्मिएको मिति उल्लेख गर्न चाहेको छैन ।

जब मिडियाकर्मीहरूले खोज्न थाले तब नयाँ कुरा पत्ता लाग्यो । बालेन्द्रको बच्चा ९ दिनअघि नै भदौ ६ गते मेडिसिटी अस्पतालमा जन्मिएको थियो ।

सार्वजनिक कार्यक्रममा नआउने एकतर्फी आफ्नो कुरा ठीक र अरु बेठिक भन्ने मानसिकताले ग्रस्त बालेन्द्र समाजिक सञ्जालमा मार्फत आफ्नो उत्तेजक अभिव्यक्ति दिने गर्छन् । अरुलाई कानुन सिकाउने बालेन्द्र एउटा ट्राफिक प्रहरीले आफ्नो ड्युटी पूरा गर्दा सिंहदरबारमा आगजानी गर्ने धम्की दिनु शोभनीय हैन ।

उसो त उनले जथभावी संरचना भत्काउँदा पीडितहरूको कुरा नसुन्ने कार्यालयमा भेट्न नदिने र आफू ठीक र अरु बेठिक भन्ने मानसिकता पाल्दै आएका छन् । बालेन्द्रले यो विषयमा पनि भर्खरै छोरी जन्मिएको जसरी नै आफ्नो अराजकता छोप्न रुटिन अफ नेपाल बन्द पेजको प्रयोग गरेका छन् ।

आफूले गरेको ठीक अरुले गरेको बेठिक र पीडितको कुरा नसुन्ने बालेन्द्र आरजक एवं वर्तमान व्यवस्थालाई खलल हुने गरी प्रस्तुत भइरहेका छन् । वर्तमान व्यवस्थालाई टेकेर मेयर बनेका बालेन्द्र यही व्यवस्थाको अदालतको आदेश मन्दिनँ भन्दै धम्की पनि दिएका छन् । यसबारे पनि उनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ ।

Logo