कर्णालीमा पहिलो पटक वातावरण विज्ञानमा स्‍नातक तहको अध्यापन गराउँदै मध्यपश्चिम विश्वविद्यालय

कर्णालीमा पहिलो पटक वातावरण विज्ञानमा स्‍नातक तहको अध्यापन गराउँदै मध्यपश्चिम विश्वविद्यालय

काठमाडौं एक्सप्रेस

मध्यपश्चिम विश्वविद्यालयले कर्णाली प्रदेशमै पहिलो पटक वातावरण विज्ञानमा स्‍नातक तहको अध्यापन सुरू गर्ने भएको छ । विश्वविद्यालयको ग्रयाजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीले ४ वर्षे बीएस्सी इन्भरोन्मेन्टल साइन्सको अध्यायपनका लागि यसै वर्षदेखि भर्ना सुरू गर्न थालेको छ । वातावरणीय अनुसन्धान, नीति तहमा प्रभाव, संरक्षण र दिगो विकासका लागि यो विषय थप गरिएको जनाइएको छ ।

नेपाल सरकारले हालै वन सेवा अन्तर्गत वातावरण समूह थप गर्दै वातावरण अधिकृत राख्‍नका लागि न्यूनतम योग्यता वातावरण विषयमा स्‍नातक गरेकै हुनुपर्ने योग्यता तोकेको छ ।

विश्वविद्यालयले सुरु गरेको यो विषयमा विद्यार्थीहरूले बायोलोजी, रसायनशास्त्र, पारस्थितिकीय प्रणाली, भूगर्भ, गणित र समाज विज्ञाको समेत अध्ययन गर्न पाउने भएकाले विज्ञानको विविध आयामबारे समेत पढाय हुने भएकाले यो विषयको माग व्यप्त छ । विद्यार्थीहरूले यो विषय अध्ययन गरेर प्रकृति र मानवबीचको सह-अस्तित्वका विषयमा पनि अनुसन्धान गर्न सक्नेछन् ।

‘यो कोर्स पढ्दा विद्यार्थीहरूले धेरै रिसर्च र परियोजना गर्न पाउँछन् त्यसैले उनीहरुको खर्च त्यहीबाट जुट्छ । पढ्दा पढ्दै शुल्क आफैं पनि तिर्न सक्छन् ।’

वातावरण विज्ञानको अध्ययनलाई परस्कृत ढंगबाट निर्माण गरिएको पाठ्यक्रममा नयाँ थप विषयहरू पनि समावेश गरिएको छ । विश्वविद्यालयका विज्ञान संकायका डिन समेत रहेका जलवायु विज्ञ डाक्टर सुदीप ठकुरी भन्छन्,’यो कोर्समा हरेक विद्यार्थीहरूले स्वतन्त्र रुपमा वातावरणसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न सक्छन् । अनुसन्धान र प्रविधि विकासमा यो विषय पढ्नाले निकै नै सहयोग गर्छ ।’

वातावरण विज्ञान बहुआयमिक विषय भएर स्‍नातक पछि जुनसुकै विषयमा पनि अनुसन्धान गर्न सक्ने सामार्थ्य विद्यार्थीहरूले राख्छन् ।

यो विषय पढ्नका लागि कक्षा ११ र १२ मा विज्ञान विषय लिएर कम्तिमा ५० प्रतिशत वा २ जीपीए ल्याएको हुनुपर्छ ।

चार वर्षे कोर्समा विद्यार्थीहरूले जैविक विविधता र संरक्षण, रिसर्च मेथडोलोजी, जियोकेमस्ट्री र जियोफिजिक्स, वातावरण परियोजना, पृथ्वीको वायुमण्डल र जलचक्र, इभोसुलनरी बायोलोजी, इन्भारोन्मेन्टल थर्मोडाइनामिक्स, विपद् र मानवीय सहायताा, ऊर्जा र वातावरण, हिमाली वातावरणलगायतका विषय पढ्ने छन् ।

यस्ते यो कोर्समा विद्यार्थीहरूले वातवरणसँग सम्बन्धित नवप्रवर्तनका परियोजनाको समेत विकास गर्ने अवसर र इन्टर्नसीप पनि राखिएको छ ।

पढ्दा पढ्दै उठ्छ लागत

६० प्रतिशत प्रयोगात्मक अभ्यास हुने यो विषय अध्ययन गर्दा गर्दै विद्यार्थीहरुले लगानी उठाउन सक्ने विश्वविद्यालयको दाबी छ । ८ सेमस्टरमा पढाइ हुने यो विषयको कूल लागत २ लाख ५ हजार छ । पहिलो सेमेस्टरमा ३० हजार ३५० रुपैयाँ लाग्ने विश्वविद्यालयले जनाएको छ ।

डीन डाक्टर ठकुरी भन्छन्, ‘यो कोर्स पढ्दा विद्यार्थीहरूले धेरै रिसर्च र परियोजना गर्न पाउँछन् त्यसैले उनीहरुको खर्च त्यहीबाट जुट्छ । पढ्दा पढ्दै शुल्क आफैं पनि तिर्न सक्छन् ।’

Logo