जेडएसएल नेपाल प्रमुखमा डा‍. भगवान दाहाल

जेडएसएल नेपाल प्रमुखमा डा‍. भगवान दाहाल

काठमाडौं एक्सप्रेस

जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल)को नेपाल कार्यालय राष्ट्रिय प्रतिनिधिमा डा. भगनव दाहाल नियुक्त भएका छन् । उनलाई मंगलबार जेडएएसलको मुख्य कार्यालयले नेपाल प्रतिनिधिको रुपमा चयन गरेको हो । संरक्षण साझेदार संस्था जेडएसएलमा डा दाहाल यसअघि उपराष्ट्रिय प्रतिनिधि भएर काम गर्दै आएका थिए ।

जेडएसएलको नेपाल प्रतिनिधिमा यसअघि डा हेमसागर बराल थिए । डा दाहालले अक्टोबर १ बाट लागू हुनेगरी राष्ट्रिय प्रतिनिधिको रुपमा काम गर्ने छन् । नेपालमा सन् २०१४ देखि स्थापना भएको यो संस्थामा डाक्टर दाहाल त्यहि बेलादेखि नै काम गर्दै आएका छन् ।

जेडएसलले नेपालमा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

राष्ट्रिय प्रतिनिधि छनोटका लागि जेडएसएलले आवेदन माग गरेको थियो । जसमा ४ दर्जनभन्दा बढीले आवेदन दिएका थिए । प्राकृतिक स्रोत र वन विज्ञानको क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरूबाट दाहालले उक्त जिम्मेवारी पाएका हुन् ।

डाक्टर दाहाल यअसघि रेडपान्डा नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण कोषमा समेत काम गरेका थिए ।

Logo