एमालेले संसद अवरुद्ध गर्ने संकेत पाएपछि प्रचण्डले ओलीलाई बोलाए बालुवाटार

एमालेले संसद अवरुद्ध गर्ने संकेत पाएपछि प्रचण्डले ओलीलाई बोलाए बालुवाटार

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । अमेरिका र चीन भ्रमणबाट फर्किएको

भोलिपल्टै प्रचण्डले बोलाएपछि ओलीसहितका नेता बालुवाटार पुगेका हुन् । ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला पनि प्रधानमन्त्री निवास पुगेका छन् ।

भेटघाटको ठोस विषय नखुलाइए पनि प्रधानमन्त्रीनिकट स्रोतले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बतायो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत गरिसकेको छ ।

Logo