मूल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै रास्वपाले गर्‍याे प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

मूल्यवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै रास्वपाले गर्‍याे प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेको हो ।

पार्टीका सभापति रवि लामिछानेले फेसबुकमा सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति रहेको बताउदै प्रधानमन्त्रीले बताएको बैठक बहिष्कार गरेको बताए । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ, उनले भने, थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’

प्रधानमन्त्री आज सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाएका छन्।

Logo