नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं एक्सप्रेस

फोटो : Kendrabindu

विराटनगर- नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुन् ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याएका छन् । २६ मत भने बदर भएको छ ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् । उनले ५२४ मत ल्याउँदा उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन् ।

२ जना उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । मोरङका खेमराज नेपाली भने पराजित भए । राईले ६१०, राजवंशीले ६२८ र नेपालीले ३९७ मत प्राप्त गरेका छन् ।

पदाधिकारीमा निर्वाचितहरु सबै खतिवडा पक्षकै रहेका छन् ।

उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए ।

Logo