पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमा ११ रुपैयाँ घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

Logo