सभामुख घिमिरे र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं एक्सप्रेस

काठमाडौं । सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा राष्ट्रसंघका महासचिवले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताए । सभामुखको सचिवालयका अनुसार गुटेरेसले भनेका छन्, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त लिएको छु ।’

राष्ट्रसंघका महासचिवसँगको भेटमा सभामुख घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिबद्व रहेको बताए ।

सभामुख घिमिरेले भनेका छन्, ‘दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमा नै ऐन निर्माण गर्नेछौं ।’

Logo