भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १३३ पुग्यो

भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १३३ पुग्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । जाजरकोटको लामिडाडामा गएराती ११ः४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ ।

विहान ११ :३० बजेसम्म भूकम्पमा परि जाजरकोटमा ६७ महिला र २९ पुरुष तथा रुकुम पश्चिममा १९ पुरुष तथा १९ महिला को मृत्यु भएको हो ।

त्यसैगरी घाईतहुनेमा जाजरकोटमा ५५ जना ,रुकुम पश्चिममा ७२ जना ,दैलेखमा २ जना सल्यानमा १ जना र जुम्लामा ५ जना रहेका छन ।

Logo