क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदै

क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदै

काठमाडौं एक्सप्रेस

कार्णाली, । जाजरकोटमा भूकम्पले पु¥याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु हुँदैछ। जिल्ला प्रशासन कार्यालयले शुक्रवार राति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पु-याएको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम आजबाट सुरु गर्न लागेको हो ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले शुक्रवार र शनिवार मानवीय क्षतिलाई कम गर्नका लागि उद्धार कार्यमा लाग्दा हालसम्म के कति क्षति भएको छ भन्ने यकिन हुन नसकेकाले आजबाट मात्रै तथ्याङ्क सङ्कलनको काम सुरु गर्न लागेको बताए।

उनले भूकम्पका कारण अनुमानित एक हजार घर पूर्ण रुपले क्षति भएको भन्दै वास्तविक विवरण आउन समय लाग्ने बताए।

उनले भने, ‘भूकम्पका कारण हालसम्म के कति घर भत्किए, कति घरपरिवार प्रभावित भए ती सबै जानकारी लिन वडास्तरबाटै आजबाट काम सुरु गर्दैछौं। शुक्रवार र शनिवार मानवीय क्षति कम गर्न उद्धार र बचाउमा केन्द्रित थियौं। आजबाट भौतिक क्षतिको विवरण सङ्कलनको काम सुरु गर्छौ।’

Logo