भूकम्पपीडितलाई वडाध्यक्ष खत्रीको मल्हम, राहत कोषमा ३ लाख सहयोग

भूकम्पपीडितलाई वडाध्यक्ष खत्रीको मल्हम, राहत कोषमा ३ लाख सहयोग

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिका वडा न ४ का वडा अध्यक्ष अमृत खत्रीले भूकम्पपीडित राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको राहत तथा उद्दारका लागि खडा गरेको राहत कोषमा खत्रीले ३ लाख रुपैयाँ सहयोग गरेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई खत्रीले तीन लाखको चेक हस्तान्तरण गरे ।

अध्यक्ष खत्रीले भूकम्प प्रभावितका लागि आफूले व्यक्तिगत सहयोग गरेको बताउँदै भने, ‘मैले व्यक्तिगत सहयोग गरेको हुँ, पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनेको छ भन्ने अपेक्षा गरेको छु ।’

शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

Logo