हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

काठमाडौं एक्सप्रेस

काठमाडौं, । हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ।

लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए।

‘हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो। अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ। पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागिपरेका छौँ।’ अध्यक्ष गुरुङले भने।

उनले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको सुनाए। यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको उपयोगमा पनि जोड दिइएको उनको भनाइ छ।

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए। विश्वमा नेपाललाई हिउँ चितुवाको वासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ।

‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ। हिमाली वातावरणको सूचक हिउँ चितुवा हो। जुन हिमालमा हिउँ चितुवाको राम्रो वासस्थान छ। त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ मानिन्छ।’ उनी भन्छन्।

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन्। तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ।

Logo