२०८४ मा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्छु : प्रचण्ड

२०८४ मा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्छु : प्रचण्ड

काठमाडौं एक्सप्रेस

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने उल्लेख गरे। प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको उनको भनाइ थियो।

उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए। राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको उनले सुनाए। उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए।

Logo