राष्ट्रपति पौडेलले शारदा र चन्दाको हातबाट टीका लगाउने

राष्ट्रपति पौडेलले शारदा र चन्दाको हातबाट टीका लगाउने

काठमाडौं एक्सप्रेस

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउने भएका हुन्।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

Logo