हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना

हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना

काठमाडौं एक्सप्रेस

काठमाडौं, । हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

आज दिउँसो कोशी लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Logo