छठ पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता

छठ पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता

काठमाडौं एक्सप्रेस

काठमाडौं, । सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना दिनुभएको छ । सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

छठ पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने उनले विश्वास समेत लिएका छन् ।

नेपालको विशेष रूपले तराई–मधेस क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व अहिले राजधानीलगायतका स्थानमा पनि मनाउन थालिएको छ । छठको विस्तार नेपालीहरू बसोबास रहेका विभिन्न मुलुकमा समेत हुन थालेको छ । पछिल्लो दुई दशकमा यस पर्वको विस्तार विश्वको धेरै देशमा फैलिइसकेको छ । मधेसी समुदायको मात्र नभई छठ पर्व हिन्दू धर्मावलम्बीका सबै समुदायतथा सम्प्रदायमा फैलिएको उनले बताए ।

नेपालको तराई मधेसमा हिन्दू बाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेको गरेको उनको विश्वास छ । छठलाई लोकपर्व नै मानिन्छ । सूर्यको अघ्र्य दिएर मनाइने यस पर्वलाई विभिन्न वेद, पुराण तथा शास्त्रहरूसित जोडेर हेर्न थालिएको छ । विभिन्न वेद तथा पुराणमा सूर्य पूजाको बारेमा चर्चा रहेको पाइन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

Logo