काठमाडौं, । नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजार सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार २०० रुपैयाँमा कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले घटेर चार हजार ७७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी चार हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया